आफुलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडालाई घरमा पुजा गर्दागर्दै प्रहरीले पक्राउ गरेको छ । मण्डिखाटारस्थित यज्ञको तयारी गरिरहेका र घरमा पुजापाठ गरिरहेका खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।
उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि नगरेको’ आरोपमा पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमा यज्ञको आयोजना गरेका हुन् । उनी धार्मिक भेषमा हिँड्छन् ।
प्रहरी नियन्त्रणबाटै उनले सामाजिक सञ्जालमा आफू पक्राउ परेको सूचना दिएका छन् ।
उनले लेखेका छन्, ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौं देश बनोस् ।’