साउन २० गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् ।
सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिनेगरी पत्र पठाएको बताउँदै प्रदेश सभा सचिवालयले आवश्यक व्यवस्थापन गरिरहेको जानकारी दिए ।