Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

भोलिको संसद बैठकमा कुलमानका पक्षमा आवाज उठाउदै माओवादी सांसदहरु


भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसदहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देषक कुलमान घिसिङका पक्षमा आवाज उठाउने तयारी गरेका छन् । ओली नेतृत्वको सरकारले घिसिङको मनोबल गिराउनेगरी काम गरेकोे आरोप लगाउँदै उनीहरुले घिसिङका पक्षमा आफूलाई प्रस्तुत गर्न लागेका हुन् ।

ठूला उद्योगीहरुबाट उठाउनुपर्ने विद्युत महसुल उठाउनतिर भन्दा पनि उद्योगीहरुलाई खुसी पार्नेगरी सरकारले कुलमान घिसिङलाई हटाउने चलखेल गरेको उनीहरुको बुझाई छ । घन्टौंको लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेका कुलमान घिसिङप्रति राजनीतिक प्रतिशोध साँधिए राम्रो नहुने माओवादी नेताहरुले चेतावनी दिँदै आएका छन् । उस्तै परे सडक आन्दोलन नै गर्न पछि नपर्ने माओवादी केन्द्रका एक सांसदले बताए ।

भोलि दिनको १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार