सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा आएको बाढीले ७० भन्दा धेरै घर डुबानमा परेका छन् । उक्त क्षेत्रमा निकै ठुलो बाढी आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूले जनाएको छ । बाढीले थामे गाउँमा ठूलो क्षती पुर्याएको छ ।
दुधकोशी तटीय आसपासमा बस्ने स्थानीयलाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ । हिम पहिरो हो या ताल फुटेको हो भन्ने विषय स्पष्ट नभएको स्थानीय प्रशासनले जनाएको छ ।
स्थानीयका अनुसार थामे क्षेत्र बाढीका कारण थामेका कम्तीमा ७० घर पूरै डुबानमा परेका छन् । उक्त गाउँका ४० प्रतिशतजति घरहरू डुबानमा परेका छन् ।






