पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा सोधपुछ गर्न संसदीय छानबीन समितिले बोलाएको छ ।
समिति सभापति सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई शुक्रबार बिहान सोधपुछका लागि बोलाइएको हो । लामिछानेलाई पूर्वगृहमन्त्रीका हैसियतमा नभई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालिन प्रबन्ध निर्देशकको हैसियतमा बोलाइएको बुझिएको छ । समितिले लामिछानेसँग दिउँसो २ बजे सोधपुछ गर्नेछ ।