नेपालमा कांग्रेस, एमाले, माओवादीहरुको बोकाको दाईँ भएकाले २०६३ सालपछि नेपालको अधोगति भइरहेको अवस्थामा झन् आफ्नो विश्वासप्राप्त शेरबहादुर देउवालाई अबौं लगानी गरेर सर्वोच्च अदालतको कथित परमादेशबाट अमेरिकाको चासो अनुसार प्रधानमन्ंत्री बनाएर एमसीसी पारित गराउन दबाब दिइरहेको छ ।
नेपालमा राष्ट्रघातको प्रारम्भ २०४८ सालदेखि कांग्रेसका गिरिजाप्रसाद कोइराला प्रधानमंन्त्री बनेका बेलादेखि भएको हो । गिरिजालाई साथ दिन त्यो बेलाका गृहमन्ंत्री शेरबहादुर देउवा र राष्ट्रिय योजना आयोगमा नियुक्त भएका रामशरण महत लगायत धेरै कांग्रेसका समर्थकहरुले किन हो शासनसत्तामा आतंक मच्चाएर आफ्नो देशलाई डुबाएर विदेशी हस्तक्षेप निम्त्याए । गिरिजाले नीजीकरणको नाममा नेपालका नाफामा रहेका पचासौं उद्योगहरु, नेपालका विकासका सम्पूर्ण पूर्वाधारहरु विदेशीलाई बेचेर अर्बौं कमिसन खाए । बहुदलको नाममा बीपी कोइरालाका विचारमा आगो लागाएर देश डुबाउन खोज्ने यस्ता यस्ता राष्ट्रघातीहरुको कारण हो अहिलेको नेपालको दुर्दशा ।
कांग्रेस, एमाले, माओवादीहरु र मधेसीहरुलाई सत्ता र पैसा भन्दा प्यारो केही छैन ! यही मौकामा पश्चिमा मूलुकका इसाईहरु नेपाललाई क्रिस्चियनकरण गर्न लागिपरेका छन् ।अमेरिका पनि यही मौकामा स्वतन्त्र तिब्बतको नाममा नेपाललाई आफ्नो इलाका बनाएर चीन माथि आक्रमण गर्न तम्तयारीमा छ । एमसीसी पारित भएपछि अमेरिकाको नेपालमा दलबल सहीत नेपालमा अखडा जमाउन बाटो खुल्छ । अमेरिका नेपालमा पस्नु भनेको अफगानिस्तानको अवस्थामा नेपाललाई पु¥याउनु हो । यस्तो खतरनाक अवस्था आउन लाग्दा पनि शेरबहादुर देउवा एमसीसी पारित गराउन दबाब दिइरहेको कुराले नेपालमा सत्ताँसीनहरु कति अपराधी देशद्रोही रहेछन् । यस्ता देशद्रोहीलाई राज्इले यथाशिघ्र कारवाही गर्न सकेन भने नेपालको अस्तित्व रहने छैन । त्यसैले हामी नेपालीहरुको पहिलो कर्तव्य यो छ कि ज्यानको बाजी लगाएर पनि यीनीहरुलाई सत्ताबाट लखेट्न सक्नुपर्छ ।
नेपालमा बोकाहरुको दाईँ भइरहेको छ । यिनीहरु साराका सारा विदेशी चारो खाएर अर्को संंविधानसभाको नाममा नेपाललाई भौडिमा हाल्न तम्तयार भएका बोका रहेछन् । अर्कोको भरिया बनेका बोकाहरु अत्यन्त खतरनाक हुन्छन् । यिनीहरुको कुनै नैतिक चरित्र हुन्न । खान पाइयो भने यिनीहरु जे पनि गर्छन् । यिनीहरु यति दुर्गन्धीत भएका छन् कि यिनीहरुको छेउछाउमा कोही टिक्न सक्तैन
नेपालको अस्तित्व अत्यन्त खतरनाक हुन लागेको देखेर नेपालको हर–क्षेत्र चिन्तित छ । नेपालीहरुको बीचको एकता तोडदै यो भूमिका पहिचान, परम्परा र सांस्कृतिक मान्यताहरु समाप्त गर्न विदेशीहरु पैसा बोकेर नेपालमा पसेका छन् । अहिले नेपालमा पैसा खानेहरुको ताँती छ । पैसा खानमा ठूला पार्टीका नेताहरुको दौडधुप छ । सित्तैमा पैसा खान पाइन्छ भने नेपालका कतिपय कुचक्रीहरुले आफूहरुलाई बेच्नसक्ने रहेछन् । यही मौकामा पश्चिमा मूलुकका इसाईहरु नेपाललाई क्रिस्चियनकरण गर्न लागिपरेका छन् ।
विदेशीहरुले नेपालका पार्टीका पदलोलुप्त नेताहरुलाई प्रयोग गरेर युगयुगदेखि पारस्पारिक सद्भावकासाथ मिलेर बसेका विभिन्न जात–जातिका नेपाली जनताहरु बीचको एकतालाई टुटाएर संघीयताको खतरनाक अवधारणाबाट नेपाललाई भौडिमा हाल्न चाहेका छन् । संघीयता भनेको नेपाल टुक्रयाउने एम्बुस हो । अमेरिका भारत लगायत जुन जुन ठाउँमा संघीय राज्यहरु बनेका छन् त्यसको आफ्नै इतिहास छ ।
कांग्रेस, एमाले, माओवादी र मधेसीहरुलाई सत्ता र पैसा भन्दा प्यारो केही छैन । यिनीहरु नेपालको राष्ट्रियता, राजतन्त्र र हिन्दु राष्ट्रलाई चकनाचुर पारेर नेपालीलाई शरणार्थी बनाउन चाहन्छन् । यिनीहरुले विदेशीहरुबाट पैसा खाएर धर्मनिरपेक्षको नाममा धार्मिक युद्ध, गणतन्त्रको नाममा नेपालको विखण्डन र जातीय संघीयता साम्प्रदायिक युद्ध चंलाएर नेपाललाई अशान्त र वैमनश्यताको रणक्षेत्र बनाउन चाहेका छन् ।
२०६३ सालको जनआन्दोलनपछि माओवादी नेता प्रचण्ड प्रधानमन्त्री भएपछि राजतन्त्रवादी मुलुक नर्बेको राजालाई भेट्न गए । प्रचण्ड गणतन्त्रवादी हुँ भन्छन् । तर उनी क्रिस्चियन राजालाई सम्मान गर्छन् भने माओवादीको टेक्ने समाउने ठाउँ अमेरिकी गुप्तचर संस्था ‘रअ’ र सीआइए अनि युरोपका क्रिस्चियन देशहरु नैं हुन् । त्यसैले दलालीको पराकाष्ठा नाघेपछि विदेशीहरुले आफ्नो विश्वासमा लिँदा रहेछन् ।
माओवादी सत्तामा आएपछि प्रधानमंत्री प्रचण्डले मुस्ताङमा अमेरिकी राजदुत लगायत यूरोपिन राष्ट्रका क्रिस्चियन राजदूतहरुलाई मात्र भेला गराएर गोप्य बार्तालाभ गरेका थिए । त्यो भेलामा भारत, चीन लगायत गैर–क्रिस्चियन राष्ट्रका राजदूतहरु कसैलाई निम्त्याइएको थिएन । यसरी ए–माओवादीहरु यूरोपका क्रिस्चियन यूरोपियन् राष्ट्रहरुका खेताला बनेर नेपालको अधोगति गराउन खोजेका छन् । माओवादी नेताहरु विदेशका पुच्छर हुन पाएकोमा फुरुङ्ग छन् । सबैलाई थाहा छ– नर्वे भनेको अमेरिकी साम्राज्यवादको एक पृष्ठपोषक क्रिस्चियन राज्य हो । उ विश्वमा क्रिस्चियनकरणको माध्यमबाट विश्वमा सम्राज्य सथापना गर्न चाहन्छ ।
माओवादीको जनबिद्रोहको समयमा पनि नर्बेबाट हातहतियार उपलब्ध गराएको र समय समयमा नर्बेका मन्त्री तथा पदाधिकारीहरु गोप्यरुपमा माओवादी नेताहरुलाई भेट्ने गर्थे भन्ने कुरा त पहिला नैं सार्वजनिक भइसकेको थियो । यता माओवादीलाई भारतीय गुप्तचर संस्था ‘रअ’ ले सुरक्षा र तालिमका साथ नेपाल विरुद्ध प्रयोग गर्न ठूलो लगानी गरेको थियो । यस स्थितिमा माओवादी प्रचण्ड र बाबुराम भट्टराईहरु भारतीय गुप्तचर संस्था र यूरोपका क्रिस्चियन राष्ट्रहरुबाट परिचालित तत्व हुन् भन्ने कुरामा द्विविधा छैन । यिनीहरु राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको अस्तित्व निमिट्यान्न गर्न चाहन्छन् । त्यसैले उनीहरुले पृथ्वीनारायण शाहको शालीक फुटाउने, गाउँगाउँमा गाई काट्ने, हिन्दु तथा बौद्ध मन्दिरहरु भत्काउने, हिन्दु पहिचानका पहिरन, चुरा पोते, सिन्दुर लगाउन प्रतिबन्ध गराउने उपद्रो मच्चाएका थिए ।
माओवादी भित्रका नेताहरु २०५९ सालदेखि भारतीय गुप्तचर संस्थाको संरक्षण पाएकाले र उनीहरु मध्ये पुष्पकमल दाहाल, बाबुराम भट्टराई, कृष्णबहादुर महराहरु इसाई भएकाले उनीहरुकै कारणले यूरोपबाट क्रिस्चियनहरुलाई नेपालमा आउन सजिलो हुन गएको छ । त्यसैले कांग्रेस, एमालेका नेताहरु पनि माओवादीहरु झैं उनीहरु पनि विदेशीका बोका बन्न पुगे ।
२०६२ सालदेखि नैं पार्टीका नेताहरु विदेशीका बोका बोका अर्थात खेताला हुन् भन्ने कुरा सर्वत्र सार्वजनिक भइसकेको छ । बोकाहरुको कुनै सिद्धान्त हुँदैन । मालिकले जहिलेसम्म खान दिन्छ त्यो बेलासम्म उसैको दानापानी खाएर बलीको बोका बन्छन् । अहिले नेपालमा बोकाहरुको दाइँ हुँदैछ । नेपालमा संविधान नैं थिएन र बोकाहरु भेला गराएर बोकाहरुकै दाईँ गराउनुपर्ने ? तर अव धेरै दिनसम्म यसरी यो भूमिमा बोकाको दाईँ चल्ने छैन ।
नेपालको एकीकरणपछि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका पालादेखि संहितावद्ध रुपमा बिस्तृत कानून बनाएका थिए । तिनैं ऐन कानूनहरुकै आधारमा श्री ५ सुरेन्द्र वीर बिक्रम शाहको पालामा जंगबहादुरले विक्रम संवत् १९१० पौष ७ मा मुलुकी ऐनको तर्जुमा भएको र त्यसैको आधारमा २००७ सालमा अन्तरिम शासन विधान, २०१५ सालको नेपाल अधिराज्यको संविधान, २०१९ सालका संविधान र २०४७ सालका संविधानको तर्जुमा भएर नेपालले आफ्ने राष्ट्रियतालाई शिरमा राखेर नेपाली जनताको सुख समृद्धको लागि तर्जुमा गरएका थिए । यसरी संविधान अनुसार देश चलिरहेको अवस्थामा यसरी नेपालमा बोकाको दाईँ हुँदैछ । बोकाहरु खसी पारिएका भए ती काटिन्थे तर यहाँ अर्काले भारी बोकाएका भीमसिने बोकाहरुको राज छ ।
नेपालमा बोकाहरुको दाईँ भइरहेको छ । यिनीहरु साराका सारा विदेशी चारो खाएर अर्को संंविधानसभाको नाममा नेपाललाई भौडिमा हाल्न तम्तयार भएका बोका रहेछन् । अर्कोको भरिया बनेका बोकाहरु अत्यन्त खतरनाक हुन्छन् । यिनीहरुको कुनै नैतिक चरित्र हुन्न । खान पाइयो भने यिनीहरु जे पनि गर्छन् । यिनीहरु यति दुर्गन्धीत भएका छन् कि यिनीहरुको छेउछाउमा कोही टिक्न सक्तैन । पैसाको लागि आमाको बलात्कार गराउन विदेशीहरुलाई आफ्नो घरभित्र हुल्ने पतीतहरुको कारणले आज यो देशका बासिन्दाहरु अत्यन्त दुःखी छौ ।
यस्तो खतरनाक अवस्थामा सर्वोच्च अदालतको पनि गरिमा समाप्त गराउन २०७८ साल असार २९ गते शेरबहादुरलाई प्रधानमन्त्री बनाउन परमादेश गराउन सक्रिय दलाल न्यायाधीसहरु अहिले आफ्नो भागबण्डा नपाएरु प्रधान न्यायाधीस चोलेन्द्र शम्सेर राणलाई भ्रष्टचारको आरोप लगाएर, उनीहरुकै साठगाँठमा कैयौ अधिवक्ताहरु र बार एसोसियसनका अधिकांश भ्रष्ट वकिलहरु समेत जवरजस्त राजीनामा गराउन दबाब दिइरहेका छन् । यहाँ भ्रष्टाचारको कुरा मात्र होइन । यी मध्ये यी न्यायाधीसहरु, पुर्व प्रधानन्यायधीस र पूर्व न्यायधीसहरु र अधिवक्ताहरु सबै भ्रष्टहरु हुन् । तर नेपालको अस्तित्व नैं गुमराहमा राख्ने प्रयत्न हो । यहाँ कति बुझेर लागेका छन्, कोही नबुझेर । देशको यसरी अधोगति गराइदैछ ।
नेपालमा राजसंस्था नहुँदाको अवस्थामा चीनले आफ्नो सुरक्षाको लागि नेपालभित्र अनेकौ कार्यक्रम लिएर प्रवेश गर्दैछ । यसबाट भोलिका दिनहरुमा भारतलाई पनि खतरा हुनसक्छ । चीनको प्रवेश भनेको उग्र साम्यवादको बाटो हो जुन नेपाल र भारत दुबै देशका लाथि खतरनाक बन्न सक्छ । नेपालको सन्दर्भमा राजसंस्थालाई पाखा लगाएर नेपाल सार्वभौम रहेर बाँच्न सक्तैन । नेपालको राष्ट्रियताको संरक्षण राजा र जनताको संयुक्त प्रयासको प्रतिफल हो ।
विश्वको एकमात्र हिन्दु अधिराज्य, नेपालको सार्वभौमसत्ताको मेरूदण्ड–राजसंस्था स्थापित गरेर राजा महेन्द्र र बीपी कोइराला यी दुबै व्यक्तित्वहरुको अडानलाई हामी नेपालीहरु जुन जुन पार्टी र विचारमा संलग्न भएता पनि पृथ्वीनारायण शाहका दिव्य उपदेशहरुलाई केन्द्रबिन्दु बनाएर राजा महेन्द्रका राष्ट्रवाद र बीपी कोइरालाको प्रजातान्त्रिक विचार बीचमा समन्वय र सन्तुलन गरेर अगाडि बढ्न सक्नुपर्दछ । देशका निर्माता र नेतृत्वहरुप्रति हामी सबैले मान्यता गर्नसक्यौं भने मात्र हाम्रो यो पूण्यभूमि नेपालको अस्तित्व चम्किरहन्छ ।
त्यसैले अव नेपालको अस्तित्व बचाउन देशद्रोहीहरुको बिरुद्ध सशक्त बनेर, अबको आवश्यकता हो ः नेपालको पहिचान, आपसी एकता, अन्तर सम्वन्ध र नेपालको राष्ट्रिय एकताका स्रोतहरु हिन्दु अधिराज्य र राजसंस्थालाई सदृढीकरण गर्दै यो पूण्यभूमिको संरक्षणमा जुट्न सक्नुपर्छ ।






