Logo
६ माघ २०८२, मंगलवार
|  Tue Jan 20 2026

पछिल्लो २४ घन्टामा ५६ हजार ५११ यात्रु भित्रिए काठमाडौं


दशैें मनाउन गाउँ गएकाहरु दशैं सकिएलगत्तै बिहीबार २४ घन्टामा ५६ हजार ५११ यात्रु काठमाडौं उपत्यका प्रवेश गरेका छन् ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार बस, सानो सवारी, मोटरसाइकल र माइक्रोमा गरेर १ कात्तिक बिहान ६ बजेदेखि २ कात्तिकको बिहान ६ बजेसम्म ५६ हजार यात्रु काठमाडौं भित्रिएका हुन् ।

यो अवधिमा १ हजार १६८ बस, ३ हजार ९१८ सानो सवारी, ५ हजार ७४४ मोटरसाइकल र ३८० माइक्रो राजधानी प्रवेश गरेका छन् । यही अवधिमा १० हजार ८२१ सवारी उपत्यकाबाट बाहिरिएको रेकर्ड रहेको जनाइएको छ ।

प्रहरीका अनुसार २४ असोज फुलपातीदेखि कात्तिक २ गते बिहान ६ बजेसम्म ४६ हजार ८४५ सवारीसाधन उपत्यकाबाट बाहिरिएका थिए । तिनमा ३ लाख ४१ हजार ६०४ यात्रु उपत्यकाबाट बाहिरिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार