
पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै हिँड्ने दैलेखको भगवतीमाई गाउँपालिका–७ घर भई सोही स्थानमा बस्ने २५ वर्षका अनिल खड्कालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको नागर्जुन नगरपालिका–१ नमूना टोलमा पेस्तोल देखाएर स्थानियलाई त्रसित बनाउँदै हिँडेको सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
निजको कोठा खानतलासी गरी पेस्तोल र खाली म्यागजिन एक थान बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ परेका खड्कामाथि प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।