Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै हिँडेको आरोपमा एक युवा पक्राउ


पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै हिँड्ने दैलेखको भगवतीमाई गाउँपालिका–७ घर भई सोही स्थानमा बस्ने २५ वर्षका अनिल खड्कालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको नागर्जुन नगरपालिका–१ नमूना टोलमा पेस्तोल देखाएर स्थानियलाई त्रसित बनाउँदै हिँडेको सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

निजको कोठा खानतलासी गरी पेस्तोल र खाली म्यागजिन एक थान बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ परेका खड्कामाथि प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार