Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

रवि लामिछानेलाई आज फेरि अदालतमा पेश गरिँदै


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज फेरि अदालतमा पेश गर्दैछ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई प्रहरीले आज चौथोपटक आदलतमा पेश गर्न लागेको हो । जिल्ला अदालत कास्कीले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुनः अदालतमा उपस्थित गराइन लागेको हो ।

यसअघि अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो । कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले अनुमति दिएको म्याद आज सकिएपछि प्रहरीले उनीमाथि अनुसन्धानका लागि म्याद थप्न फेरि अदालत लैजान लागेको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका हुन् । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले उनलाई कात्तिक ४ गतेमात्रै अदालतमा उपस्थित गराइएको थियो ।

यसैबीच सभापति लामिछानेलाई अदालतमा उपस्थित गराउने तयारी भइरहँदा रास्वपाले पोखरामा बिरोध प्रदर्शन शुरु गरेको छ । हिजो मात्रै रास्वपा केन्द्रीय समितिको बैठकले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको निष्कर्ष सहित दोस्रो चरणको आन्दोलन चर्काउने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार