Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

भाइरसले राहदानी विभागलाई तनाव, रोकिएको सेवा सञ्चालन गर्न अझै दुई साता लाग्ने अनुमान


राहदानी विभागका केही कम्प्युटरमा भाइरस प्रवेश गरेपछि यसले राहदानी विभागलाई तनाव दिएको छ ।

राहदानी प्रणालीसँग सम्बन्धित केही कम्प्युटरमा भाइरस प्रवेश गरेपछि यसले राहदानी विभागलाई तनाव दिएको हो । राहदानी विभागका अनुसार राहदानी सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै करिब दुई साता लाग्ने भएको छ । राहदानी विभागले सूचना नै जारी गर्दै सेवा पूर्णरुपमा सञ्चालनमा ल्याउन एकदेखि दुई सातासम्म लाग्ने अनुमान गरिएको बताएको हो ।केहीदिनदेखि राहदानीका काम प्रभावित भइरहेका बेला विभागले यसको ठोस कारणबारे बोलेको थिएन । यद्यपि पछिल्लोपटक भने विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कप्युटरमा भाइरस प्रवेश गरेको निष्कर्ष निकाल्दै त्यसलाई फैलिन नदिन सेवा बन्द गर्नुपरेको स्पष्टीकरण दिएको छ । राहदानी विभागबाट आंशिक रुपमा भने सेवा प्रारम्भ गरिएको विभागले जनाएको छ ।

विभागका अनुसा एक–दुई दिनभित्रमा नयाँ आवेदन फाराम भर्नका लागि बुकिङ खुला गरिनेछ । भाइरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको र सेवाग्राहीको डाटा सुरक्षित रहेको विभागको भनाइ छ । राहदानी सेवा बन्द हुँदा हजारौं सेवाग्राही मर्कामा परेका छन् । आइतबार विभागमा सेवाग्राहीहरुले नाराबाजी गरेका थिए ।
आइतबार सेवाग्राहीहरुको गुनासो क्यामेरामा कैद गर्नेगरी विभागमा रिपोर्टिङका लागि पुगेका केही सञ्चार माध्यमका पत्रकारहरुलाई विभागले सेवाग्राहीहरुको गुनासो सम्बन्धी समाचार संकलनमा असहयोग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार