Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

सुन तोलामै करिब १६ हजारले घट्यो, भन्सार दर घटेपछि मूल्यमा व्यापक गिरावट


सुनको मूल्य तोलामै करिब १६ हजार रुपैंयाँले घटेको छ । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको
सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सो अनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो ।

विवाहको मौसममा सुनको मूल्य ह्वात्तै घटेपछि यसअघि नै सुन खरिद गरेका उपभोक्ताहरुले भने मर्कामा परेको अनुभूति गरेका छन् । आइतबार सुन किन्नेले प्रतितोला १ लाख ६७ हजार २ सय रुपैंयाँ तिरेकोमा सोमबार सुन किन्नेले प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैंयाँ मात्रै तिरे पुग्ने भएको हो ।
यता भन्सार विभागका अधिकारीले भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको बताएका छन् । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेको भन्सार दर २० पु¥याएको थियो । उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । भारतको सुनको मूल्य सस्तिएपछि नेपाली बजारमा तस्करीका माध्यमबाट सुन भित्रिने आशंका गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार