रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । सहकारी ठगीको आरोपमा कास्की हिरासतमा रहेका लामिछानेलाई बिहिबार साँझ काठमाडौं ल्याइएको हो ।
सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा थप अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याइएको हो ।
लामिछानेलाई काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार बिहान बयान गराइनेछ । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगीबारे अनुसन्धान गर्न लामिछानेलाई केही दिनअघि काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिएको थियो ।