Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

ठूलो दुर्घटना हुनबाट बच्यो सीता एयरको विमान, बँदेलसँग ठोक्किँदा जहाजमा क्षति


सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । आज बिहान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ ।

हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको हो ।

यात्रु र चालक दलका सदस्य सकुशल छन् । तर, जहाजको अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल परेको छ । अहिले विमानस्थल ठप्प छ ।


प्रतिक्रिया दिनुहोस !
विचार