Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

रविको बयान आजका लागि सक्कियो, अब आइतबार लिइने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग काठमाडौं सरकारी वकिल कार्यालयले शुक्रबार चार घन्टा बयान लिएको छ। कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन आरोपमा लामिछानेमाथि शुक्रबार बयान भएको हो।

‘आज चार घन्टा बयान भयो, थप आइतबार लिछौं,’ स्रोतले भन्यो। शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म बयान लिइएको थियो। बीचमा एक घन्टा खाना खान समय छुट्टाइएको थियो।

लामिछानेसँग परिसरका अनुसन्धान अधिकारी डिएसपी हरि खतिवडा र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बयान लिएका हुन्। लामिछानेसँग बयान लिने काम करिब आधा सकिएको छ। आइतबार लामिछानेसँग थप बयान लिइनेछ।

कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो। लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।

रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो।

यसअघि पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेललाई काठमाडौं ल्याएर पोखरा फिर्ता गरिसकेको छ। रविलाई काठमाडौंमा बयान सकेपछि पोखरा लगिनेछ भने त्यसपछि चितवन लगिनेछ। जिल्ला अदालत चितवनबाट पनि उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार