Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

स्ट्रिक्स प्रोफेशनलको मेगा शो २०२४ को पाँचौ संस्करण सम्पन्न


हेयर प्रोडक्टको ब्राण्ड स्ट्रिक्स प्रोफेशनलले काठमाडौंमा मेगा शो २०२४ को पाँचौ संस्करणको आयोजना गरेको छ । यो पाँचौं संस्करणमा ब्रान्ड सेलूनिस्ट र सौन्दर्य व्यवसायीहरूलाई शिक्षित गर्ने प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ ।

गत वर्ष पनि स्ट्रिक्स प्रोफेशनलले काठमाडौंमा भब्य कार्यक्रमको आयोजना गरेको थियो । यस पटक स्ट्रिक्स प्रोफेशनलले आफ्ना नया उत्पादनहरु बजारमा सार्वजनिक गरेको छ । साथै कपालको कलात्मक डिजाइनका नयाँ उत्पादनहरू पनि सार्वजनिक गरेको छ ।

मेरियट होटलमा आयोजित एक दिने मेगा शो २०२४ मा नेपालभरिका सैलुन व्यवसायीहरूको उपस्थिीति रहेको थियो । उक्त कार्यक्रममा कपालको अत्याधुनिक डिजाइन, कलरिङ, रचनात्मकता, सीप विकासबारे जानकारी प्रदान गरिएको थियो ।

मेगा शो २०२४ ले सैलुनिस्टहरूलाई हेयर कट्, रंग र नयाँ शैलीमा अन्तर्राष्ट्रिय फेसनको अभ्यासबारे प्रशिक्षण दिईएको थियो । कार्यक्रममा स्ट्रिक्स प्रोफेशनलको स्पेक्ट्रम कलेक्शनबाट ६ वटा आकर्षक लुक्सको अनावरण र स्ट्रिक्स प्रोफेशनल अर्गन सीक्रेट्स हाई लिफ्ट शेड्स, ह्युम्याजिक नो अमोनिया हेयर कलर र फङ्गी कलरजस्ता नयाँ उत्पादनहरूको सार्वजनिक गरिएको थियो ।

स्ट्रिक्स प्रोफेशनलका प्रमुख रोशेल छाबड़ाले शिक्षामा ब्रान्डको समर्पणमाथि जोड दिएकी थिईन् । “स्ट्रिक्स प्रोफेशनलमा हामी शिक्षालाई हाम्रो उद्योगको आधार शिलाको रूपमा हेछौं । मेगा शो हाम्रो प्रमुख कार्यक्रम हो ।

जुन सैलुन समुदायलाई नवीनतम अन्तर्राष्ट्रिय प्रचलन र उन्नत प्रविधिहरूमाथि गहन प्रशिक्षणको साथ सुसज्जित गर्नमा केन्द्रित छ ।” उनले भनिन्, “सैलुन पेशेवरहरू कपालको फेसनमा अग्रपंक्तिमा रहिरहन यी विश्वव्यापी प्रचलनहरूलाई आफ्ना ग्राहकहरूको अद्वितीय आवश्यकताहरू अनुरूप अपनाउनमा सक्षम हुन साथै हेयर फेसनमा सबैभन्दा अग्रपंक्तिमा रहुन् ।” मेगा शोको पांचौं संस्करणले आफूमा उत्साह थपिएको उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस !
विचार