Logo
१८ भाद्र २०८३, बिहीबार
|  Thu Sep 3 2026

संसद विघटनको संवैधानिक इजलास सुनुवाइ सुरु


aajako press aajako press

सर्वोच्च अदालतमा संसद भंग सम्बन्धमा परेका विभिन्न रिटहरुमाथि सुनुवाईका लागि प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा संवैधानिक इजलासको सुनुवाई सुरु भएको छ ।

संवैधानिक इजलासमा न्यायधीसहरु दीपक कुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बम कुमार श्रेष्ठ रहेका छन् ।

त्यस्तै सांसदहरुको रिट सुनुवाईको आठौँ क्रममा राखीएको छ ।

अन्तरिम आदेशको माग गर्दै परेका विभिन्न १९ रिटसमेत बिहिबार आफ्नो एकल इजलासबाट प्रधानन्यायधीश चोलेन्द्र शम्सेर जबराले आफ्नो नेतृत्वमा संवैधानिक इजलास गठन गरेका हुन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ७ गते गरेको संसद भंगको निर्णयलाई बदर गर्न माग गर्दै सर्वोच्चमा विपक्षी दल तथा अधिवक्ताहरुले दायर गरेका रिटहरुमाथि आज संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार