Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

२२ तले निर्माणाधीन भवन भत्किंदा ४ जनाको मृत्यु, कैयौं पुरिएको आशंका


नाइजेरियाको लागोस सहरमा निर्माणाधीन २२ तले अग्लो भत्किंदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने अन्य कयौं बेपत्ता छन् ।

भवन भत्किएपछि उद्धारकर्ताहरूले रातभरि बाँचेकाहरूको खोजी गरिरहेका छन् । हालसम्म चार जना जीवितै भेटिएका छन् । खाेजी कार्य जारी रहेकाे छ ।

भवन के कारणले भत्कियो र कति मानिस भग्नावशेषमुनि फसेका छन् भन्ने स्पष्ट हुन सकेको छैन । अपमार्केट जिल्लास्थित सो भवन स्थानीय समय अनुसार राती करिब पौने तीन बजे खसेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार