Logo
११ असार २०८३, बिहीबार
|  Fri Jun 26 2026

विश्वकप क्रिकेट : आज नामिवियाले पाकिस्तानको सामना गर्ने


आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज मंगलबार पाकिस्तानले नामिवियाको समाना गर्दैछ । सुपर १२ को समूह २ मा रहेको पाकिस्तान र नामिवियाबिचको खेल अबुधावीमा राति ७ः४५ बाट सुरु हुनेछ । आजको खेलमा पाकिस्तान लगातार चार खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने दाउमा हुनेछ ।

पाकिस्तानले अघिल्ला तीन खेलमा भारत, न्यूजिल्यान्ड र अफगानिस्तानमाथि जित निकाल्न सफल भएको छ । र उसले आफ्नो अपराजित यात्रालाई कायमै राख्न चाहन्छ । यता जम्मा दुई खेल मात्र खेलेको नामिवियाले एक खेलमा जित हात पार्दै दुई अंक जोडिसकेको छ ।

नामिवियाले स्कटल्यान्डमाथि जित हात पार्दा अफगानिस्तानविरुद्ध पराजय भोगेको थियो । तर उच्च मनोबल तथा प्रतियोगितामा गुमाउनुपर्ने खासै केही नभएको नामिविया अप्रत्यासित नतिजाको खोजीमा हुनेछ ।

यस समूहमा पाकिस्तान ६ अंक सहित शीर्षस्थानमा हुँदा चार अंकसहित अफगानिस्तान दोस्रो, समान दुई–दुई अंकसहित न्यूजिल्यान्ड र नामिविया तेस्रो र चौथो स्थानमा रहेका छन् ।

लगातार दुई खेलमा पराजय भोगेको भारत र स्कटल्यान्ड अंकविहीन छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार