Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

माइक्रोमा स्याङ्जाबाट काठमाडौं आइरहेका यात्रुको श्वासप्रश्वासमा समस्या आएर मृत्यु


माइक्रोबस चढेर स्याङ्जाबाट काठमाडौं आइरहेका एक यात्रुको श्वासप्रश्वासमा समस्या आएर मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका ८ बस्ने ७३ वर्षीय कृष्ण शर्मा छन् ।

उनी ग २ ख १५७६ नम्बरको माइक्रो बस चढेर शनिबार काठमाडौं आउँदै थिए । चितवन आइपुग्दा श्वासप्रश्वासमा समस्या आएपछि उनलाई इच्छाकामना आधारभूत अस्पताल लगिएको थियो ।

शर्मालाई उनका २६ वर्षीय नातीको साथमा अस्पताल छाडेर माइक्रो बस गन्तव्यतर्फ लागेको थियो ।

अस्पतालका डाक्टरले शर्मालाई दिउँसो २ बजेर १० मिनेटमा मृत घोषणा गरेका थिए ।

शर्माका नाती उत्सवले पोष्टमार्टम नगर्ने भनेर शनिबार साँझ करिब ६ बजे शव बुझी लगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार