Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

बढ्यो सुनको मूल्य


आज सुनको भाउ ४०० रुपैयाँ प्रतितोलाले बढेको छ । आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो ।

सुनको मूल्य आइतबार एकैदिन दुई हजार २०० ले घटेको थियो ।

यस्तै चाँदीको भने स्थिर मूल्य रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार