Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का


मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ः ३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । आसपासका जिल्लामा समेत धक्काको महसुस गरिएको थियो ।

यसअघि हिजो मात्र बझाङको धामेना आसपास केन्द्र बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने यही स्थानलाई केन्द्र बनाएर मंगलबार ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार