Logo
६ माघ २०८२, मंगलवार
|  Tue Jan 20 2026

आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ


कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले ५४९.२०० ग्राम सुन, नगद र अन्य सामग्रीसहित भारतको पलियाका ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित बर्मालाई नियन्त्रणमा लिएको जनाएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३, ट्राफिक चौराहमा शंका लागेपछि चेकजाँच गर्दा युपी ३२ जेभी ९२०० नम्बरको मोटरसाइकलबाट सुन ल्यापटप, मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ र १ हजार २८० भारतीय रुपैयाँ बरामत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेका मध्येका सुमित बर्माले भारतको पलियामा सुनचाँदीको व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको र घटनाको थप विवरण संकलन भइरहेको प्रहरी कार्यालयले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेपालमा बिक्री गरेर नाफा कमाउने उद्देश्यले सुन तस्करी गरी ल्याइएको खुलेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार