Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

अमेरिकामा हिउँका कारण ६ राज्यमा आपतकाल घोषणा


भारी हिमपातका कारण अमेरिकाका ६ राज्यमा आपतकाल घोषणा गरिएको छ ।

भारी हिमपातपछि हिमआँधीको पूर्व चेतावनी दिँदै अमेरिकाको छ राज्यमा आपतकाल घोषणा गरिएको हो । केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरीलगायतका राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ ।

अमेरिकामा अहिले ६० मिलियन बढी नागरिकलाई शीतकालीन अलर्ट जारी गरिएको छ । प्रतिघण्टा ५० माइलको गतिमा आउने भनिएको हिउँ र चिसो हावा मिश्रित आँधी निकै शक्तिशाली अनुमान गरिएको छ । जसले सोमबार मध्य र पूर्वी अमेरिका प्रभावित हुने बताइएको छ ।

पूर्वी क्षेत्रको ओहियो नदी घाँटी हुँदै फैलिएको आँधी सोमबार मध्य एटलान्टिकसम्म पुग्ने अनुमान गरिएको छ । एनओएएको मौसम पूर्वानुमान केन्द्रका अनुसार यो एक दशकपछिकै सबैभन्दा भारी हिमपात हो ।

सरकारले नै आपतकाल घोषणा गरेपछि अमेरिकाका ६ राज्यका नागरिकमध्ये कतिपय सुरक्षित स्थानको खोजीमा रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार