Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

भूकम्पले ०७२ लाई सम्झाइदियो, ७ म्याग्निच्युडको रहेको पुष्टि


आज बिहानै गएको भुकम्पले २०७२ साललाई सम्झाइदिएको छ । २०७२ सालमा गएको शक्तिशाली भुकम्पकै हाराहारीमा बिहानको भुकम्पले हल्लाएको थियो । बिहान ६ बजेर ५० मिनेट जाँदा गएको भुकम्प ७ म्याग्निच्युडको रहेको पुष्टि भएको छ ।

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहानको भुकम्पले चीनलाई केन्द्रबिन्दु बनाएको छ ।
बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौँ सहित देशका विभिन्न भागमा महसुस गरिएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौं लगाएत विभिन्न क्षेत्रका बासिन्दा होहल्लासहित घरबाहिर निस्केका थिए ।

२०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ११ः५६ बजे ७ दशमलब ६ म्याग्निच्युडको विनाशकारी भुकम्प गएको थियो । त्यसयता भने नेपालमा यत्ति शक्तिशाली भुकम्प गएको थिएन । २०७२ वैशाख २९ गते दोलखालाई केन्द्रविन्दु बनाएर विनाशकारी भुकम्प गएको भएपनि उक्त भुकम्प ७ म्याग्निच्युडभन्दा कम थियो । दोलखालाई केन्द्रविन्दु बनाएर गएको उक्त भुकम्प ६ दशमलब ८ रेक्टर स्केलको रहेको मापन गरिएको थियो । यद्यपि उक्त भुकम्पले सयौंको ज्यान लिएको थियो भने हजारौंको बिल्लीबाठ पारेको थियो ।

यो समाचार तयार पार्दासम्म आज बिहान गएको भूकम्पले पारेको असरका विषयमा जानकारी प्राप्त भएको छैन । भूकम्पको धक्का ठूलो महसुस गरिएपनि कहिँ कतै कुनै प्रकारको क्षति नहोस् भनेर धेरैले अहिले कामना गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार