Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

रविलाई निकिताको जिम्मा लगायो प्रहरीले


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले उनकी पत्नी निकिता पौडेलको जिम्मा लगाएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएसँगै धरौटी रकम बुझाएपछि उनलाई प्रहरीले पत्नी निकिता पौडेलको जिम्मा लगाएको हो । जिल्ला अदालत कास्कीमा रवि लामिछानेले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएका थिए । अदालतमा धरौटी बुझाएपछि उनको मेडिकल जाँच गराएर परिवारको जिम्मा लगाइएको हो । परिवारका सदस्यको रुपमा रवि लामिछानेको जिम्मा लिन उनकी पत्नी निकिता पौडेल पोखरा पुगेकी थिइन् । काठमाडौं जिल्ला अदालतमा समेत मुद्दा खेपेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने शर्तमा प्रहरीले परिवारको जिम्मा लगाएको हो । रविको जिम्मा लिन उनकी पत्नी निकिता पौडेल यसअघि नै पोखरा पुगेकी थिइन् ।

त्यसो त रवि लामिछानेको स्वागतका लागि पत्नी निकिता पौडेल मात्रै नभएर रास्वपाका सयौं नेता तथा कार्यकर्ता पोखरा ओइरिएका थिए । रास्वपाका केन्द्रीय तहका नेतादेखि लिएर स्थानीय तथा प्रदेश तहसम्मका नेताहरु पोखरा ओइरिएका हुन् । रिहा भएका लामिछाने शुक्रबार मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार