Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

छुटेपछि रविको प्रतिकृया : अझै धेरै लडाइँ बाँकी छ


अदालतको आदेशपछि ६५ लाख रुपैंयाँ धरौटी बुझाएर रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धेरै लडाईं लड्न बाँकी रहेको प्रतिक्रिया दिएका छन् । धरौटी रकम बुझाएर थुनामुक्त भएपछि लामिछानेले यस्तो प्रतिकृया दिएका हुन् ।
‘मैले बोल्ने समय आएपछि नबोल भने पनि बोलौँला,’ उनले भनेका छन्, ‘धेरै लडाईं बाँकी नै छ ।’ आफूलाई रिहा गरेपछि उनले न्यायप्रणालीप्रति विश्वास बढेको पनि बताएका छन् । न्यायालयप्रति आभार व्यक्त गर्दै उनले भनेका छन्, ‘न्यायालयप्रति विशेष आभारी छु । न्याय प्रणालीप्रति विश्वास गर्ने असाध्यै ठाउँ प्राप्त गरेकोमा धेरैधेरै धन्यवाद ।’ आफू हिरासतमा रहँदा आफूलाई माया गर्ने सबैलाई उनलाई धन्यवाद पनि दिएका छन् ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका लामिछानेले थुनामुक्त हुनुअघि बैंक ग्यारेन्टीमार्फत ६५ लाख बुझाएका थिए । बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी धरौटी बुझाएर थुनामुक्त भएका हुन् । गत कात्तिक २ गते पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ८४ दिन हिरासतमा बसे । कास्की प्रहरीको हिरासतमा बसेका लामिछानेको यसबीचमा काठमाडौ, विरगञ्ज, चितवन, बुटवल लगाएतका ठाउँमा बयान भएको थियो । काठमाडौ जिल्ला अदालतमा भने उनीविरुद्ध मुद्धा दायर भइसकेको छ । काठमाडौंको मुद्दाका लागि आफै अदालत उपस्थित हुने सर्तपछि उनलाई प्रहरीले उनकी श्रिमतीको जिम्मा लगाएको थियो । रविको जिम्मा लिनका लागि श्रिमती निकितासँगै
रास्वपाका उपसभापति डिपी अर्याल जिल्ला अदालत कास्की पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार