Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

भारत सरकारले कबाडी बेचेर कमायो ४० करोड भारु


भारतको केन्द्र सरकारले कार्यालयहरूबाट १३.७३ लाखभन्दा बढी फाइलहरू बेचेको छ । विगत एक महिनामा यसो गरेर भारत सरकारले आफ्ना कार्यालयहरूका लगभग आठ लाख वर्ग फीट क्षेत्र खाली गरेको छ ।

पुराना फाइलको कबाडी बेचेर सरकारले ४० करोड भारु कमाएको राज्यमन्त्री डा जितेन्द्र सिंहले जानकारी दिए । प्रशासनिक सुधार तथा लोक शिकायत विभागका शीर्ष अधिकारीहरूसँगको बैठकमा अभियानका नतिजाको समीक्षा गरियो । लामो समयदेखि अड्किरहेको सबै काम सकेर फाइलहरू बेचिएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा गरिएको यो कामको प्रगति विवरण उनलाई बुझाइने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार