सर्वोच्च अदालतमा संसद भंग सम्बन्धमा परेका विभिन्न रिटहरुमाथिको बाँकी सुनुवाई आइतबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा नेतृत्वको संवैधानिक इजलाशमा आज विभिन्न अधिवक्ताहरुले बहस गरेका थिए । बहसका लागि अधिवक्ताहरुलाई जम्मा १० मिनेटको समय दिइएको थियो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश सहित न्यायधीशहरु दीपक कुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बम कुमार श्रेष्ठ रहेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ७ गते संसद भंग गरेपछि संसद भंगको निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा ३० वटा अलग अलग रिट दायर भएका छन् ।