
कोशी प्रदेशको ऐतिहासिक महत्त्व र समकालीन आवश्यकता सम्बोधन गर्दै, कोशी विचार उत्सव (केबीयू) आगामी २०२५ फेब्रुअरी २७ देखि मार्च १ सम्म आयोजना हुने भएको छ।
क्षेत्रीय, राष्ट्रिय, र वैदेशिक महत्त्वका मुद्दाहरूमा खुला संवाद र सहकार्य प्रवर्द्धन गर्न यो उत्सवको आयोजना गरिँदैछ। नीति, संस्कृति, व्यवसाय व्यवस्थापन, शिक्षा, स्वास्थ्य, र वातावरणजस्ता विषयमा केन्द्रित यो वार्षिक मञ्चले विचारहरूको आदान प्रदान र सामूहिक समाधानलाई प्राथमिकता दिनेछ।
कोशी प्रदेशमा आयोजित विचार उत्सवको पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विद्वान्, बुद्धिजीवी र कलाकारहरूले सांस्कृतिक र सामाजिक विकासका लागि महत्वपूर्ण छलफल हुने बिना फाउण्डेसनको अध्यक्ष बरुण झा ले बताए ।
कोशी बिचार उत्सवले क्षेत्रीय संवादको दिगो मञ्चको स्थापना गर्दै सामाजिक, सांस्कृतिक, र आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ । प्राकृतिक र सांस्कृतिक सम्पदाले समृद्ध कोशी प्रदेशले यो उत्सवका लागि विशिष्ट पृष्ठभूमि प्रदान गर्ने लक्ष्य रहेको छ ।