Logo
५ फाल्गुन २०८२, बुधबार
|  Wed Feb 18 2026

गगन थापाले मागे मतदातासँग माफी


नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मतदातासँग माफी मागेका छन् ।

सोमबार प्युठानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले अघिल्लो निर्वाचनमा मतदातालाई फरक चिन्हमा मतदान गर्न लगाएकोमा माफी मागेका हुन् ।

‘अघिल्लो निर्वाचनमा यहाँ पनि हामीले गिलास चिन्हमा मतदान गर्न लगायौं । म यहाँका मतदातासँग माफी माग्न चाहन्छु,’ महामन्त्री थापाले भने ।

उनले अबको निर्वाचनमा यस्तो गल्ती नगर्ने पनि बताए । ‘हामीले अघिल्लोपटक गल्ती गर्‍यौं, अब यस्तो गल्ती दोहोर्‍याउँदैनौं,’ थापाले भने ।


प्रतिक्रिया दिनुहोस !
विचार