Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

केपी ओली कपको र्‍याप गीत : फाल्गुन १९  दशरथ रंगशाला जाऊँ


 

केपी ओली कप फुटबल च्याम्पियनसिप को आयोजक राष्ट्रिय युवा संघ नेपालले र्‍याप गीत निकालेको छ । यही फाल्गुन १९ गते हुन लागेको केपी ओली कप फुटबल च्याम्पियनसिप को फाइनल हेर्न दशरथ रंगशाला जान दर्शकहरूलाई आह्वान गर्दै राष्ट्रिय युवा संघ नेपालले र्‍याप गीत निकालेको हो । र्‍याप गीतमा राष्ट्रिय युवा संघ नेपाल का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णहरि केसी , सिड वाग्ले र डिजे एलएक्स को स्वर रहेको छ ।

राष्ट्रिय युवा संघ नेपाल का उपाध्यक्ष एबम प्रवक्ता कृष्णहरि केसी अनुसार फाल्गुन १९ मा कुमा सागर एण्ड ख्वपा , पुर्ण राइ एण्ड दाजु भाइ को प्रस्तुति रहने छ भने सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन फाइनल हेर्न नेपाल आउने छन ।

फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन्

 


प्रतिक्रिया दिनुहोस !
विचार