Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीले एक लाख रुपैयाँ पाउने


यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ पुरसकार दिइने भएको छ । मंगलबार एक सूचना जारी गर्दै बारपाक सुलिकोट गाउँपालिकाले ४ जीपीए ल्याउने पालिकाका विद्यार्थीलाई एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको हो ।

त्यस्तै ३.९० देखि ३.९९ जीपीए ल्याउनेलाई ५० हजार, ३.८० देखि ३.८९ जीपीए ल्याउनेलाई २५ हजार, ३.७० देखि ३.७९ जीपीए ल्याउनेलाई २० हजार र ३.६० देखि ३.६९ जीपीए ल्याउनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने पालिकाले जनाएको छ ।

यसवर्षको एसईई परीक्षा ७ चैतदेखि सञ्चालन हुँदैछ । बारपाक सुलिकोट गाउँपालिकाबाट यसवर्ष नियमिततर्फ २९८ जनाले एसईई परीक्षा दिँदैछन् । ग्रेड वृद्धितर्फ ७३ जना सहभागी हुने पालिकाको सूचनामा उल्लेख छ ।

परीक्षाका लागि विद्यार्थीलाई मनोबल बढाउँदै थप हौसला प्रदान गर्न प्रोत्साहन रकम घोषणा गरिएको पालिका स्रोतले जनाएको छ । स्रोतका अनुसार गत २५ माघमा बसेको गाउँ कार्यपालिकाको बैठकले यो निर्णय गरेको हो ।

आगामी वर्षहरूमा पनि यो कार्यक्रमले निरन्तरता पाउँने र शिक्षाको गुणस्तर कामय गर्न पनि यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार