Logo
१४ श्रावण २०८३, बिहीबार
|  Fri Jul 31 2026

राप्रपा नेपाल नवराज सुवेदीको नेतृत्व मान्न तयार


कमल थापा नेतृत्वको राप्रपा नेपालले पञ्चायतकालीन नेता नवराज सुवेदीको संयोजकत्वमा गठन भएको संयुक्त जनआन्दोलन समितिलाई साथ दिने भएको छ । राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो ।

सनातन हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापना, संघीयता खारेजी तथा भ्रष्टाचार अन्त्य लगायत मुख्य एजेन्डा राखेर राजावादीहरूले नवराज सुवेदीको संयोजकत्वमा सोमबार जनआन्दोलन समिति घोषणा गरेका थिए ।

बैठकपछि राप्रपा नेपालले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘‘ सनातन हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी तथा भ्रष्टाचारको अन्त्य जस्ता मुख्य एजेन्डा बोकेर नवराज सुवेदीको संयोजकत्वमा संयुक्त जनआन्दोलन समिति गठन भएको प्रति खुसी व्यक्त गर्दै सो जनआन्दोलनमा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने बैठक निर्णय गर्दछ ।’


प्रतिक्रिया दिनुहोस !
विचार