सरकारले अध्यादेशमार्फत आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । २०७२ मा संविधान जारी भएपछि अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागिएको यो पहिलोपटक हो ।
संविधानमा नै जेठ १५ गते बजेट घोषणा गर्नुपर्ने स्पष्ट प्रावधान रहेका कारण आजै बजेट ल्याउन लागिएके हो । २०७२ अघि बजेट ल्याउने दिन निश्चित थिएन भने बजेटलाई राजनीतिक सौदाबाजीको विषय समेत बनाउने गरिन्थ्यो ।
आज अनुमानित १६ खर्ब रुपैंयाँ बराबरको बजेट सार्वजनिक हुने बुझिएको छ ।