Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

चीनले अनुदानमा उपलब्ध गराएको १६ लाख डोज खोप आज नेपाल आइपुग्ने


चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोपको १६ लाख मात्रा आज नेपाल आइपुग्ने भएको छ। शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि चीनले नेपाललाई थप १६ लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो।

गत साउन १ गते प्रधानमन्त्री देउवासँगको भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अनुदान स्वरुप थप १६ लाख डोज खोप उपलब्ध गराइने जानकारी दिएकी थिइन्।

चीनले नेपाललाई यस अगाडि नै १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको थियो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार