Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

विद्यालय बन्द नगर्न सर्वोच्च अदालतको बाध्यकारी आदेश


सर्वोच्च अदालतले विद्यालय बन्द नगर्न बाध्यकारी आदेश दिएको छ ।

बुधबार न्यायाधीश नहकुल सुवेदीले यस्तो आदेश दिएका हुन् । अदालतले आन्दोलनरत शिक्षकहरुका जायज मागलाई सरकारले पूरा गरी ३ दिनभित्र विद्यालय फर्किने वातावरण तयार गर्न आदेश दिएको हो ।

त्यस्तै, तोकिएकै समयमा परीक्षा सञ्चालन गर्न र नतिजा प्रकाशन गर्न समेत आदेश जारी भएको छ ।

शिक्षक महासंघको आयोजनामा शिक्षकहरुले आफ्ना विभिन्न मागहरु राखेर तीन साताभन्दा बढी समयदेखि काठमाडौ केन्द्रित आन्दोलन गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार