Logo
२८ आश्विन २०८३, बुधबार
|  Wed Oct 14 2026

दुई साँढे बीचको जुधाइमा परेर एकको मृत्यु


दुई साँढे बीचको जुधाइमा परेर जनकपुरधाम उपमहानगरपालिकामा एकजनाको मृत्यु भएको छ । सडकमा दुई साँढे बीचको लडाइँमा परेर स्कुटर दुर्घटना हुँदा जनकपुरधाम उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो ।

मधेश प्र.०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर जनकपुरधाम ६ पेठियाबजारबाट प्रादेशिक अस्पतालतर्फ गइरहेका बेला सडकमा जुधिरहेका साँढेसँग राति साढे ८ बजेतिर ठोक्किँदा राइन गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै नजिकैको जानकी हेल्थ केयरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषणा गरेको धनुषा प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार