गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष विनोद उपाध्यायले पार्टी परित्याग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गर्दै पार्टी छोडेको घोषणा गरेका हुन् ।
उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘ म आजदेखि गोपाल किराँतीको नव आदर्शवादको विरुद्ध संघर्ष गर्दागर्दै उहाँमा कुनै रुपान्तरण नपाएपछि साक्षी बन्न इन्कार गर्दै यो राजीनामा प्रेषित गर्दछु । ’
उपाध्यायको राजीनामासँगै उनी पक्षधर अन्य नेता तथा कार्यकर्ताले पनि पार्टी छोड्ने क्रम शुरु भएको छ । पार्टी परित्याग गरेका नेताहरु कर्णजीत बुढाथोकी नेतृत्वको माओवादीलाई साथ दिने समझदारी भएको बुझिएको छ । सोही समझदारी बमोजिम विनोद उपाध्यायलाई बुढाथोकी नेतृत्वको माओवादीमा पनि उपाध्यक्षको जिम्मेवारी दिइएको छ भने अन्य नेता तथा कार्यकर्तालाई पनि सम्मानजनक जिम्मेवारी दिइने बताइएको छ ।