काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको नगरसभा बिथोल्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह उपस्थित हुने कार्यक्रममा अवरोध गर्न खोजेका दुई जनालाई गोकर्णेश्वर प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्थानीय राजु सुनार र आदर्श क्षेत्री रहेका छन् ।
उनीहरू दुवै उपप्रधानमन्त्री सिंहलाई प्रश्न गर्नु छ भन्दै गेटमा बसेका थिए। गोकर्णेश्वरका मेयर दीपक रिसाल आफैले उनीहरूलाई हट्न अनुरोध गर्दा नहटेपछि प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ।





