Logo
७ जेष्ठ २०८३, बिहीबार
|  Thu May 21 2026

रास्वपाको महामन्त्री माग गर्दै मुकुल सर्वोच्चमा


डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षलाई छलफलमा बोलाएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सुनुवाइपछि दुवै पक्षलाई १७ गते मंगलबार छलफलका लागि बोलाउन सर्वोच्च अदालतले आदेश दिएको सहायक प्रवक्ता निराजन पाण्डेले जनाएका छन् ।

उनका अनुसार रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिन मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्नका लागि मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिएको हो ।

निर्वाचन आयोगले आफ्नो रेकर्डमा रास्वपाको विवरण अद्यावधिक नरहेको सूचना उनलाई दिएपछि ढकालले अदालतमा रिट दायर गरेका हुन् । उनले अदालतबाट उत्प्रेषण आदेशको माग गरेका छन् ।

ढकालले रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, केन्द्रीय कार्य समिति, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हाल कारागार कार्यालय रुपन्देहीमा थुनामा रहेका रवि लामिछानेलाई प्रतिवादी बनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार