Logo
२९ फाल्गुन २०८२, शनिबार
|  Sat Mar 14 2026

पौडी सिक्न गएका एक बालकको डुबेर मृत्यु


पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु भएको छ । यहाँस्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर–११ रानीघाटका नौ वर्षे बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालककाे नारायणी अस्पतालमा मृत्यु भएको बताए ।

प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !
विचार