Logo
३२ असार २०८३, बिहीबार
|  Fri Jul 17 2026

पूर्वराजालाई सुवेदीको धोका, पार्टीमै फर्कने रहर गरेपछि राजसंस्था पक्षधरमा आशंका


राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिको संयोजक रहेका नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धोका दिएको निष्कर्षमा कतिपय राजसंस्था पक्षधरहरु पुगेका छन् ।

संयोजक रहेपछि आफूले राप्रपाको साधारण सदस्य समेत त्यागेको घोषणा गरेका सुवेदी फेरि राप्रपामै फर्कन निर्वाचन आयोगसम्म पुगेपछि कतिपय राजसंस्था पक्षधरहरु यस्तो निष्कर्षमा पुगेका हुन् । सयुंक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले समेत एक विज्ञप्ती जारी गर्दै नवराज सुवेदी पार्टीको पूर्ववत अवस्थामा फर्कन चाहेपछि नयाँ ढंगले अघि बढ्न लागिएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार