Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

एमाले सचिवालयले छेक्यो विद्याको बाटो, विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउँने


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको आगामी विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउँने भएकी छिन् ।

एमाले सचिवालय बैठकले १० औं महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनका प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेपछि विद्याको बाटो बन्द भएको हो । यद्यपि पोलिटब्युरो र केन्द्रिय कमिटी बैठकले यो निर्णय अनुमोदन गर्न भने बाँकी छ । तर, ती दुबै कमिटीमा अध्यक्ष ओलीको सहज बहुमत रहेका कारण सचिवालयको निर्णय अनुमोदन हुने निश्चित छ । विद्यादेवि भण्डारी १० औं महाधिवेशनमा राष्ट्रपति पदमा भएका कारण उनी एमालेको महाधिवेशन प्रतिनिधि थिइनन् ।


प्रतिक्रिया दिनुहोस !
विचार