Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

विद्यादेवी भण्डारी र प्रधानमन्त्रीबीच वान टु वान वार्ता


एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलमा वान टु वान बार्ता भइरहेको छ । राष्ट्रपति बनेपछि एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएकी भण्डारी १० वर्षपछि प्रधानमन्त्री ओलीलाई भेट्न एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेकी हुन् ।

भण्डारी च्यासल पुग्दा उनलाई उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयमा सचिव डा. भीष्म अधिकारीले स्वागत गरेका थिए । भण्डारी च्यासल पुगेको आधा घण्टापछि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि च्यासल पुगेसँगै दुई नेताबिच छलफल सुरु भएको छ ।

भण्डारी २०७२ साल कार्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन भने दोस्रो कार्यकाल समेत गरेर उनी २०७९ फागुन अन्तिमसम्म शीतलनिवासमा बसेकी थिइन् । केही समय अगाडि एमालेको राजनीतिमा आउने घोषणा गरेकी भण्डारीका बारेमा एमाले बैठकमा पक्ष विपक्षमा बहस भएको थियो ।

त्यस क्रममा उनको सदस्यता नवीकरण सक्रियताबारे नेताहरूबिच विवाद भएपछि छिनोफानो गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिइएको थियो । बैठकले भण्डारीसँग संवाद गरेर अघि बढ्न नेतृत्वलाई सुझाव दिएपछि भण्डारी अध्यक्ष ओलीसँग छलफल गर्न च्यासल पुगेकी हुन् ।

एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाएर भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने प्रयत्न भएको भन्दै भण्डारी पक्षले असन्तुष्टि जनाउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार