Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

डर लाग्दो खडेरीको चपेटामा मधेश


देशको अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेश मध्ये वर्खाको समयमा नै डर लाग्दो खडेरीको चपेटामा परेको छ । मधेश प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेस प्रदेशमा जम्मा ४७ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । रोपाईं गरेर धान रोपिएका खेतहरु एक हात सम्म धाजा फाटेर गएको छ ।

लामो समयदेखि पानी नपर्दा धान रोपाइँ गर्न नपाएका किसानहरु चिन्तित छन्। धान रोपाईं गरेका किसानहरु खेत पट्पटी फूट्न थालेपछि थप चिन्तामा परेका छन् । करेन्टबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक हप्तामै तीनजनाको ज्यान गैसकेको छ । महोत्तरीमा करिब ३० प्रतिशतमात्रै रोपाइँ भएको जनाइएको छ ।

दश नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जमिन रहेकोमा ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ। जिल्लाको उत्तर पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुवार स्यालो, ट्युववेलको सहयोगमा २५ प्रतिशत रोपाइँ गर्न सफल भए पनि जिल्ला भरि रोपाइँको अवस्था सन्तोषजनक छैन ।

पानी नपर्दा किसानको धानका ब्याड सुक्न थालेको छ भने फाटफुट रुपमा किसानले रोपेको खेतमा धाँजा फाट्न थालेको छ । मधेश प्रदेश सरकारको सिफारिसमा संघीय मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मधेशको सुक्खाग्रस्त क्षेत्र अवलोकन गरे। प्रधानमन्त्री ओलीले हेलिकप्टरबाट मधेशको अवलोकन गरेका हुन् ।

महोत्तरी जिल्लाका मटिहानी नगरपालिकाका ७ र ८ नम्बर वडा क्षेत्रका खेतहरू अधिकांस सुख्खा छन् भने पम्पसेटको साहेताले रोपाइँ गरिएका खेतहरुमा डरलाग्दा धाँजा फाटेका छन् । स्थानीयहरुका अनुसार यस वर्ष खेतीको लागि मात्र नभएर पिउनको लागि समेत कलमा पानी छैन । मधेश प्रदेशका बिभिन्न ठाउँहरुमा स्थानिय तहले ट्यांकरबाट खानेपानी बाँड्नुपरेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार