माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता जनार्दन शर्माको मनमुटाव थप बढ्दै गएको छ । शर्माले आफूसँग सिँगौरी खेल्न खोजेको भन्दै सकेको सिंगौरी खेल्न प्रचण्डले चुनौती दिएका छन् भने प्रचण्डको उक्त अभिव्यक्तिपछि शर्माका पक्षमा सुदन किराँती उभिएका छन् ।
किराँतीले प्रचण्डलाई लक्षित गर्दै भनेका छन्, पार्टीमा फरक विचार राख्नेबित्तिकै विभाजनको आरोप लगाउँन थालिएको छ । त्यसको डटेर सामना गर्न आवश्यक छ ।
माओवादीमा देखिएको यो आन्तरिक कलहले कुन रुप लिन्छ भन्ने कुरा भने अहिल्यै यसै भन्न सकिन्नँ ।





