फोहरमैलाको कर्मचारी भन्दै १३ लाख रुपैयाँ भन्दा बढी उठाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनले आफू काठमाडौं महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ ।
उनी नक्कली कर्मचारी रहेको खुलेको छ । उनीबाट विभिन्न रसिदहरू समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।





