लहरै बसेका तीन जना मन्त्रीहरु राष्ट्रियसभा बैठकमा मस्त निदाएको दृश्यले यतिबेला सामाजिक सञ्जाल तातिएको छ ।
बुधबारको बैठकमा अर्थमन्त्री विष्णु पौडेल, खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई बैठकमै मस्त निन्द्रामा देखिएका हुन् । सँगै बसेका प्रधानमन्त्री ओली भने मन्त्रीहरु निदाएको देखेर मुसुमुसु हासिरहेका थिए ।






