Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

चिनियाँ दुतावासको गाडी दुर्घटना


काठमाडौँको मुलपानी क्रिकेट रंगशाला अगाडि रोयल प्यालेस छेउको खोला किनारमा चिनिया दुतावासको गाडी दुर्घटना भएको छ । ११ सि डि ६१९ निलो नम्बर प्लेट रहेको चिनिया दुतावासको गाडि आइतबार बिहान करिब १०ः ३० बजेको समयमा दुर्घटना भएको हो ।

नेपाल प्रहरीका अनुसार उक्त गाडीमा दुई जना सवार थिए । सवार दुवैजना सामान्य घाइते भएका छन् । घाइतेहरुलाई स्थानियले उद्धार गरेर उपचारका अस्पताल पु¥याएको जनाइएको छ ।

एक उच्च प्रहरी अधिकारीले दुर्घटनामा परेको गाडी दुतावासको भएका कारण घाइतेहरुमा को को थिए भन्ने बारे दुतावासले नै नाम गोप्य राखेकाले भन्न नमिल्ने बताए । गाडी अनियन्त्रित भएर खोला किनारमा खसेको जनाइएको छ ।

दुर्घटनामा परेको गाडी क्रेनको सहायताले खोला किनारबाट बाहिर निकालिएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार