Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

संसद पुनःस्थापना भएपनि ओली नै प्रधानमन्त्री : कमल थापा


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद पुनःस्थापना भएपनि केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने बताएका छन् । सामाजिक सञ्जाल टुइटरमा देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे उल्लेख गर्दै अध्यक्ष थापाले केपी ओली नै प्रधानमन्त्री बन्ने बताएका हुन् ।
उनले टुइटरमा लेखेका छन्, ‘चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनस्र्थापना भएमा पुनः ओली नै प्रधानमन्त्री हुन्छन्, यो भविष्यवाणी होइन, संसदीय गणितले त्यही भन्छ ।’


थापाको यो टुइट आउनुअघि प्रधानमन्त्री ओली र कमल थापाबीच बालुवाटारमा गोप्य भेटवार्ता भएको खबर सार्वजनिक भएको थियो । त्यो भेटवार्ताका क्रममा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राप्रपालाई सरकारमा सहभागी हुनका लागि निम्तो दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार